आज बस्दै राष्ट्रियसभा बैठक, बजेटमाथि छलफल सुरु हुने

काठमाडाैं । राष्ट्रियसभाको बैठक आज मध्याह्न १२:१५ बजे बस्ने भएको छ। बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने कार्यसूची रहेको छ।

बैठकको सुरुवातमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनेछन्।

त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै, उनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर राष्ट्रियसभा बैठक पटक–पटक अवरुद्ध हुँदै आएको थियो। आजको बैठक भने निर्धारित कार्यसूचीअनुसार सञ्चालन हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर