काठमाडाैं । रास्वपा सभापति रवि लामिछाने भारतबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण तय भएको बताइएको छ।
भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी सरोकारका विषय, द्विपक्षीय प्राथमिकता तथा सहकार्यका बाँकी एजेन्डामाथि विस्तृत छलफल हुने जनाइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति रवि लामिछानेबीच बुधबार नयाँदिल्लीमा भएको भेटमा सहभागी रास्वपा सांसद दीपक बोहोराले बीबीसी नेपाली सेवासँगको कुराकानीमा उक्त जानकारी दिएका हुन्।
बोहोराका अनुसार नेपालका सरोकार र प्राथमिकताका विषयहरू पहिचान गरी भारतसँगका बाँकी तथा अधुरा सहकार्यका कामलाई चेकलिस्ट बनाएर अघि बढाउने विषयमा छलफल भएको छ।

