काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा. एस. जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।
भ्रमणका क्रममा उनले आफ्ना समकक्षी डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नेछन्, जहाँ द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यो भ्रमण उच्चस्तरीय आदानप्रदानको नियमित अभ्यासको हिस्सा हो, जसले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। मन्त्री खनाल जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।

