काठमाडौँ । सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ।
पार्टीले उक्त अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै खबरदारी सभासमेत आयोजना गरेको हो।
प्रदर्शनकारीहरूले प्रधानमन्त्रीले संसदमा दिएको भनाइ तथ्यहीन रहेको आरोप लगाउँदै त्यसलाई फिर्ता लिन माग गरेका थिए। कार्यक्रममा राष्ट्रको सम्मान र नेपाली भूमिको सुरक्षासम्बन्धी सन्देश लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरिएका थिए।

