झापामा रास्वपाको नयाँ नेतृत्व चयन, ओमनाथ भण्डारी जिल्ला सभापतिमा निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाको जिल्ला सभापतिमा ओमनाथ भण्डारी निर्वाचित भएका छन्। सम्पन्न मतगणनाअनुसार उनले ३४१ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी लक्ष्मण बस्नेतले २४७ मत र अर्जुनकुमार मैनालीले २५ मत प्राप्त गरेका छन्।

उपसभापतिमा पुष्पलाल ढकाल २१० मतसहित निर्वाचित हुँदा सचिव पदमा विरोध सुवेदी ३६८ मतसहित विजयी बनेका छन्। सहसचिवमा भिमबहादुर कुँवर ३५२ मतसहित निर्वाचित भएका छन्।

त्यस्तै सदस्य पद तथा क्षेत्रीय सभापतिहरू समेत चयन भएका छन्। निर्वाचनपछि झापामा रास्वपाको नयाँ संगठनात्मक संरचना औपचारिक रूपमा बनेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको