काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुन पुनः मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उनलाई मन्त्रिपरिषद्मा समेट्ने तयारी गरेका हुन्।
स्रोतका अनुसार पुनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
यसअघि सुशिला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका पुनले निर्वाचनअघि पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका थिए।
प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुनलाई समर्थन गरेको थियो।

