सुदन गुरुङबारे छानबिन समितिको प्रतिवेदन सरकारले ग्रहण गर्‍यो

काठमाडौँ । सरकारले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुदन गुरुङको विषयमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको हो।

गुरुङ मन्त्री रहँदा विभिन्न विवादमा परेपछि उनले पदबाट राजीनामा दिएका थिए। त्यसपछि घटनाबारे अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको थियो।

समितिले आफ्नो अध्ययन पूरा गरी प्रतिवेदन सरकारसमक्ष बुझाइसकेको थियो, जसलाई मन्त्रिपरिषद्ले औपचारिक रूपमा ग्रहण गरेको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको