काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाउने प्रयास भएको आरोप लगाउनुभएको छ।
बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा बजेटसम्बन्धी छलफलका क्रममा बोल्दै उहाँले बजेटमाथिको छलफल हुनुपर्ने समयमा संसद् अवरुद्ध गरी आफ्नो चरित्रमाथि प्रहार गरिएको बताउनुभयो।
“बजेटमाथि छलफल हुनुपर्ने प्रतिनिधिसभामा अवरोध सिर्जना गरेर मेरो विरुद्ध संगठित रूपमा अफवाह फैलाइएको छ,” अर्थमन्त्री वाग्लेले भन्नुभयो, “त्यसको जवाफ दिन र आफ्नो धारणा स्पष्ट पार्न म संसदीय समितिमा उपस्थित भएको हुँ।”
अर्थ समितिको बैठक जारी रहेको छ भने अर्थमन्त्री वाग्लेले बजेट तथा समसामयिक विषयमा आफ्नो धारणा प्रस्तुत गरिरहनुभएको छ।

