संस्थापनले सहमतिका लागि कुनै प्रस्ताव पठाएको छैन : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संस्थापनले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कुनै प्रस्ताव नपठाएको बताएका छन् ।

सचिवालयमार्फत नेता डा.कोइरालाले सहमतिका लागि ७ बुँदे प्रस्ताव पठाएकोबारे कुनै जानकारी नरहेको बताएका हुन् ।

‘बाहिर हल्ला गरिए अनुसार नेपाली कांग्रेस संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्नेबारे डा.शेखर कोइराला र उहाँको सचिवालयलाई अहिले सम्म कहीँ कतै जानकारीमा छैन,’ डा.कोइरालाका सचिवालय प्रमुख दिनेशचन्द्र थपलियाले जारी गरेको सूचनामा उल्लेख छ ।

थपलियाले सूचनामा मनगढन्ते, कपोलकल्पित र भ्रामक सूचनाको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको