शिक्षा र स्वास्थ्यमा कर लगाउनु संविधानविपरीत : सांसद अमरेशकुमार सिंह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाइएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै यस्ता क्षेत्रमा कर लगाउनु उपयुक्त नभएको बताए।

“म संविधानमा हस्ताक्षर गर्ने माननीय हुँ। संविधानले ग्यारेन्टी गरेको मौलिक अधिकारमा किन र कसरी कर लिन पाइन्छ ?” उनले प्रश्न गरे।

सांसद सिंहले सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुनेमा समेत शंका व्यक्त गरे। उनले बजेटका घोषणा र वास्तविक कार्यान्वयनबीच ठूलो अन्तर रहने गरेको टिप्पणी गर्दै प्रस्तुत बजेट व्यवहारमा सफल हुनेमा आफू विश्वस्त नरहेको बताए।

“फुकिएको बजेट लामो समय टिक्दैन, त्यसकारण मलाई विश्वास छैन कि यो बजेट कार्यान्वयन हुन्छ,” उनले भने, “बजेट कार्यान्वयन भएको भोलिपल्ट देश सिंगापुर, जापान वा दुबई हुँदैन।”

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको