राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्षको बजेटमाथि जारी छलफलमा विभिन्न दलका सांसदहरूले बजेटको प्रभावकारिता र कार्यान्वयनबारे गम्भीर प्रश्न उठाएका छन्।

सांसद घनश्याम रिजालले बजेट अनुशासनको पालना नभएको र ऋणको भार बढाएर घाटाको बजेट ल्याइएको आरोप लगाए। मनरुपा शर्माले बजेट नेपाली जनताको आवश्यकता र अपेक्षाअनुसार आउन नसकेको टिप्पणी गरिन्।

धर्मेन्द्र पासवानले स्टार्टअप नीतिमार्फत दलित युवालाई अवसर प्रदान गर्ने व्यवस्था थप्नुपर्ने बताए भने उदयबहादुर बोहराले बजेट उत्पादनमुखीभन्दा उपभोगमुखी भएकाले पुँजीगत खर्च कार्यान्वयन चुनौतीपूर्ण हुने धारणा राखे।

सांसद पदमबहादुर परियारले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन एकै आर्थिक वर्षभित्र गर्ने सरकारी प्रतिबद्धता महत्वाकांक्षी भएको उल्लेख गर्दै प्रभावकारी कार्यान्वयनको माग गरे। सांसदहरूको साझा निष्कर्ष बजेट कार्यान्वयनमा पारदर्शिता, जवाफदेहिता र परिणाममुखी योजना आवश्यक रहेकोमा केन्द्रित थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको