काठमाडौं । सर्वोच्च अदालतले स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री नियुक्त गर्न नहुने मागसहित दायर रिट निवेदन खारेज गरेको छ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार उक्त रिट खारेज गर्ने फैसला सुनाएको हो। सिन्धुलीका युवराज पौडेल ‘सफल’ले २०८० चैत १९ गते स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्न तथा स्वार्थ जोडिएका व्यक्तिहरूलाई मन्त्री बन्न र बनाउन रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए।
यसअघि उक्त मुद्दालाई सार्वजनिक महत्त्व र सुशासनसँग सम्बन्धित विषय भन्दै सर्वोच्च अदालतले अग्राधिकारसमेत प्रदान गरेको थियो।

