काठमाडौं । सरकारले निजी क्षेत्रको मनोबल बढाउने तथा लगानी आकर्षित गर्ने नीतिलाई प्राथमिकता दिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्।
आर्थिक तथा व्यावसायिक विषयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उत्पादन, लगानी र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर सरकार अघि बढिरहेको बताए। आगामी मौद्रिक नीति पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालको हुने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्थाले पर्यटन र बजार गतिविधिमा सकारात्मक प्रभाव पारेको दाबी गरे। साथै घरजग्गा कारोबारलाई चलायमान बनाउने तथा अन्तरराष्ट्रिय विमानस्थलहरूको उपयोग बढाउन आवश्यक पहल भइरहेको जानकारी दिए।

