काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका छन्।
सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही प्रारम्भ गरेलगत्तै विपक्षी सांसदहरूले अवरोध गरेका हुन्। आजको बैठकमा चार वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ।

