रास्वपा महाधिवेशन परिपक्व र दूरदर्शी नीति निर्माणको अवसर : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनलाई विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसरका रूपमा बताएका छन्।

चितवनमा सुरु हुन लागेको रास्वपाको महाधिवेशनको अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले महाधिवेशनले पार्टीलाई थप सशक्त र नीतिगत रूपमा परिपक्व बनाउने विश्वास व्यक्त गरेका हुन्।

थापाले छोटो समयमै रास्वपाले उल्लेखनीय जनसमर्थन हासिल गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो बलियो उपस्थिति स्थापित गर्न सफल भएको उल्लेख गरेका छन्। साथै, पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको उनले बताएका छन्।

“पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ,” थापाले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको