रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन बालेन्द्र शाह चितवन आइपुगे

काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन आज चितवन आइपुगेका छन्।

आज अपराह्नदेखि सुरु हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको रास्वपाका महामन्त्री भूपदेव शाहले जानकारी दिएका छन्।

पार्टीको पहिलो महाधिवेशनलाई संगठन सुदृढीकरण, नीति निर्माण र भावी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको