काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशन सुरु हुनुअघि ६ प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न भएको जनाएको छ।
महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले मधेस प्रदेश र १३ जिल्लामा भने अधिवेशन हुन बाँकी रहेको जानकारी दिए। उनले ती क्षेत्रबाट पनि प्रतिनिधित्व सुनिश्चित गर्न प्रतिनिधिहरूलाई महाधिवेशनमा सहभागी गराइएको बताए।
महामन्त्री बुर्लाकोटीका अनुसार देशभरका ६०९ स्थानीय तहमा पार्टीका तदर्थ समिति गठन गरी अधिवेशन सम्पन्न गरिएको छ। बाँकी प्रदेश, जिल्ला तथा स्थानीय तहमा पनि अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

