काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा जिल्ला स्तरीय पार्टी भेलामा सहभागी हुन आज झापा पुगेका छन्।
कांग्रेस झापाका सचिव कृष्णप्रसाद हुमागाईंका अनुसार मंगलबार आयोजना हुने जिल्ला पार्टी भेलालाई थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भेलामा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा तथा प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक निस्कल राईको पनि सहभागिता रहने जनाइएको छ।
पार्टी संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था तथा आगामी रणनीतिबारे छलफल गर्न जिल्ला स्तरीय भेला आयोजना गरिएको कांग्रेसले जनाएको छ।

