१५औँ महाधिवेशनको तयारीमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको तयारीस्वरूप नयाँ क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गर्न देशभरका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

पार्टीले यसपटक सदस्यता विस्तार अभियानमा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको जनाएको छ। कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार अभियानलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन प्रतिनिधिहरू परिचालन गरिएको हो।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार जारी गरेको विज्ञप्तिअनुसार खटाइएका प्रतिनिधिहरूले असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा रहेर सदस्यता वितरण अभियानको समन्वय, सहजीकरण तथा आवश्यक सहकार्य गर्नेछन्।

कांग्रेसले महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै संगठन विस्तार र युवा सहभागिता बढाउने उद्देश्यसहित सदस्यता अभियान अघि बढाएको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको