काठमाडौं । मधेस प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत विनियोजन विधेयकअन्तर्गत विषयगत मन्त्रालयका बजेट शीर्षकमाथि असार १७ गतेदेखि छलफल हुने भएको छ।
सभामुख रामअशिष यादवका अनुसार विनियोजन विधेयकमाथिको छलफलका लागि असार १७ गते प्रदेशसभा अधिवेशन आह्वान गर्ने तयारी गरिएको छ।
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री युवराज भट्टराईले कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै उक्त बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए।

