सिन्धुलीमा सुनकोसीमा खसेको कारमा चालकसहित ३ जना सवार, बस चालक नियन्त्रणमा

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेको कारमा चालकसहित तीन जना सवार रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सोमबार दिउँसो ११ः४५ बजे मध्यपहाडी लोकमार्गअन्तर्गत काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको कारलाई वाग्मती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सुनकोसी नदीमा खसेको हो।

घटनापछि प्रहरीले बसका चालक २६ वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको