कपिलवस्तुमा मिनिट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

कपिलवस्तु । कपिलवस्तुमा मिनिट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

प्रहरीका अनुसार कपिलवस्तु नगरपालिका–७ धरमपनियामा सडकछेउमा बिग्रिएर बनाइँदै गरेको ना६ख ६४२३ नम्बरको मिनिट्रकको पछाडि लु८२प ८६२८ नम्बरको मोटरसाइकल ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका–३ कटैयाभारीका २३ वर्षीय सन्तोष कहार गम्भीर घाइते भएका थिए। उनको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका–७ पिपरहवाका ३२ वर्षीय शेषराम पासी र सोही स्थानका २५ वर्षीय दुर्गेश यादव घाइते भएका छन्। उनीहरूको रुपन्देहीको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको