ग्यास आपूर्तिलाई सहज बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न थालेका छौँ : मन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न लागेको जानकारी दिएकी छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समितिले आज खाद्य आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा मन्त्री कुमारीले गुगल फाराम भरेर ग्यासको विवरण हेर्न सकिने प्रणाली सार्वजनिक गर्न थालेको जनाइन् ।

मन्त्री गौरीकुमारीले सिंहदरबारमा २८ साउनदेखि खाद्यको स्टलमार्फत खाद्यान्न बिक्री वितरण गर्न लागेको बताइन् ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशन नागेन्द्र साहले एक सातभित्रै ग्यासको सहज आपूर्ति हुने दाबी गरेका छन् । उनले मंगलबार मात्रै १३४ ग्यास बुलेट भित्रिएको बताए । उनले २६ साउनसम्म ३४ लाख ग्यास सिलिन्डर भित्रिएको दाबी गरे ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको