रोल्पामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।

पहिरोमा परी बेपत्ता भएकी करिब ६४ वर्षीया लामी घर्तीको शव आज दिउँसो भान्साघरमा पहिरोले पुरिएको अवस्थामा फेला परेसँगै मृतकको सङ्ख्या चार पुगेको हो।

यसअघि ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगरको शव फेला परेको थियो।

सम्बन्धित खवर