अरौंदी खोलाले बगाएर बेपत्ता भएका २१ वर्षीय युवक मृत फेला

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका छन्।

प्रहरीका अनुसार पुतलीबजार नगरपालिका–३ बाडखोलाका मगर पुतलीखेतबाट स्याङ्जा बजारतर्फ मोटरसाइकलमा आउने क्रममा अरौंदी खोलाको कजवे तर्ने प्रयास गर्दा खोलाले मोटरसाइकलसहित बगाएको थियो।

उनको ग ११ प ८१८३ नम्बरको मोटरसाइकल भने शुक्रबार घटनास्थलमै फेला परेको थियो। खोजीका क्रममा मगरलाई पुतलीबजार–१३ गैरीजाँगरस्थित आँधीखोलामा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

शव खोलाबाट निकालेर मुचुल्का तयार गरी पोस्टमार्टमका लागि प्रदेश अस्पताल स्याङ्जा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर