चितवनमा बाघको आक्रमणबाट एक जना घाइते

काठमाडौं ।  चितवनमा गाउँ पसेको बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । राप्ती नगरपालिका-१ डिपाट बस्तीमा पसेको बाघको आक्रमणबाट ६० वर्षीय ठाकुर अधिकारी घाइते भएको नेपाल प्रहरीले जनाएको छ।

आज बिहान अन्दाजी ६:४० बजे बस्तीमा आएको बाघले अधिकारीलाई आक्रमण गर्दा उनको तिघ्रामा सामान्य चोट लागेको थियो। घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

बाघले सोही स्थानकी दिला कुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी सामान्य घाइते बनाएको छ ।

बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित खटिएको टोलीले खोजतलास गर्ने क्रममा बिहान ११:२७ बजे बाघलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको