गैंडाकोटमा दुई दिनदेखि हराएका साढे २ वर्षीय बालक सकुशल भेटिए

गैँडाकोट । गैंडाकोट नगरपालिका–१४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई वर्षीय सिवान तामाङ दुई दिनपछि सकुशल भेटिएका छन्।

मंगलबार हजुरआमा यामकुमारी आले मगरलाई पछ्याउँदै शंखदेवी सामुदायिक वनमा पुगेका सिवान घना जंगलमा बाटो बिराएर हराएका थिए। बालक हराएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए।

रातदिन गरिएको खोजीपछि बालकलाई सकुशल फेला पारिएको हो। बालक भेटिएपछि खोजी अभियानमा संलग्न सुरक्षाकर्मी, जनप्रतिनिधि तथा स्थानीयवासीले खुसीयाली मनाएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको