शंखमूल होस्टेलमा युवक हत्या प्रकरणमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहार गरी युवकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–३ का १९ वर्षीय शेखर यादव र प्रमित पटेल तथा होस्टेल सञ्चालक महोत्तरी लोहरपट्टी नगरपालिका–६ का २३ वर्षीय आलोक ठाकुर छन्।

दाङ घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको शुक्रबार बिहान होस्टेलमै हत्या भएको थियो। यादव र पटेललाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको थियो भने ठाकुरलाई पछि पक्राउ गरिएको हो।

प्रहरीका अनुसार तीनै जनालाई आइतबार अदालतमा उपस्थित गराई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको