काठमाडाैं । भन्सार छलीका विभिन्न सामानसहित एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको ग्वाङडोङका चेन जुसाङ छन् ।
चाइन इस्टन एयरलाइन्सको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका जुसाङबाट प्रहरीले मोबाइल, ल्यापटपसँगै ल्यापटपका पाटपुर्जा र सुर्तीजन्य पदार्थ ल्याएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार क्षेत्रबाट पास भई बाहिर निस्किने क्रममा शंका लागि जुसाङलाई सोधपुछ तथा चेकजाँच गर्दा उनको साथबाट भन्सार छलीका समान बरामद भएका हुन् ।
बरामद सामानको मूल्य करिब ७२ लाख २५ हजार रुपैयाँ हुन आउने जनाइएकाे छ।
पक्राउ परेकालाई बरामद सामानसहित भन्सार कार्यालय गौचरनमा बुझाइएको छ ।

