आकाशे पुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा बाटो काट्ने विषयमा विवाद हुँदा एक युवकले महिला प्रहरी जवानमाथि हातपात गरेका छन्।

प्रहरीका अनुसार मंगलबार बिहान जथाभावी बाटो काट्न खोजेका २७ वर्षीय राज कठायतलाई महिला प्रहरी जवानले आकाशे पुलबाट बाटो काट्न आग्रह गरेकी थिइन्।

तर, आग्रहपछि कठायतले महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोप छ। घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। कठायत जुम्लाको तातोपानी गाउँपालिका–२ का बासिन्दा हुन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको