फ्रान्समा आँधीको वितण्डा, सयौँ घरमा क्षति

काठमाडौं ।  दक्षिणपश्चिमी फ्रान्सको पोमास गाउँमा आएको शक्तिशाली आँधीले सयौँ घरमा क्षति पुर्‍याएको छ। स्थानीय अधिकारीका अनुसार आँधीबाट करिब ३०० घर प्रभावित भएका छन् भने ४१ जना घाइते भएका छन्।

घाइतेमध्ये १५ जनालाई अस्पताल लगिएको छ। करिब एक हजार जनाको बसोबास रहेको गाउँमा आँधीले घरका छाना उडाउनुका साथै विभिन्न संरचना भत्काएको छ।

उद्धार तथा आपत्कालीन व्यवस्थापनका लागि १२० भन्दा बढी कर्मचारी घटनास्थलमा खटिएका छन्। घर भत्किँदा एक गर्भवती महिला घाइते भएको बताइएको छ।

आँधीसँगै केही क्षेत्रमा विद्युत् आपूर्ति र यातायात सेवा पनि प्रभावित भएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको