काठमाडौँ । तिब्बती क्षेत्रमा गएको भूकम्पपछि हिमपहिरो झरेका कारण भोटेकोसी नदीमा भीषण बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभाको बुधबारको बैठकमा घटनाबारे जानकारी दिँदै बिहान ८ः३७ बजे भूकम्प गएको र त्यसपछि हिमपहिरो झरेको प्रारम्भिक सूचना आएको बताए।
उनका अनुसार हिमपहिरोका कारण बाढी आएको भनिए पनि घटनाको थप सत्यापन गर्न आवश्यक छ।

