काठमाडौँ । रसुवामा आएको बाढीपछि २९१ जना विदेशी पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा रहेका नेपालीसहित कुल ३८४ पर्यटक सम्पर्कविहीन रहेको बोर्डको विवरण छ। तीमध्ये ९३ जना नेपाली नागरिक हुन्।
बोर्डका अनुसार भारतका मात्रै १०५ जना पर्यटक सम्पर्कविहीन छन्। त्यस्तै बेलायतका १२, मलेसियाका १७, दक्षिण अफ्रिकाका ४ र अमेरिकाका ३ जना रहेका छन्।

