रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या १७७ पुगेको छ। प्रहरीका अनुसार बाढीपछि विभिन्न क्षेत्रमा खोजी गर्दा अहिलेसम्म १७७ जनाको शव फेला परेको हो।
प्राप्त विवरणअनुसार बाढी प्रभावितमध्ये चितवनमा सबैभन्दा धेरै ६९ जनाको शव भेटिएको छ। यस्तै, नवलपरासी पूर्वमा ३२, धादिङमा २७, गोरखामा २०, रसुवामा १६, नुवाकोटमा १२, तनहुँमा ९ र नवलपरासी पश्चिममा ६ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ।

