रसुवा बाढीपीडितका लागि एमालेले १ करोड २० लाख सहयोग गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाका बाढी, पहिरो तथा डुबान प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

सोमबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले विपद् व्यवस्थापनका लागि उक्त रकम जुटाइने जानकारी दिएका हुन्। कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीले १०–१० लाख रुपैयाँ गरी २० लाख रुपैयाँको चेक ओलीलाई हस्तान्तरण गरेका थिए।

ओलीले पीडितले तत्काल राहत पाउने गरी सहयोग परिचालन गर्नुपर्नेमा जोड दिँदै सरकारी कोषमा रकम जम्मा गर्दा प्रक्रियागत ढिलाइ हुन सक्ने बताए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको