राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

शीतलनिवासमा भएको भेटमा लामिछानेले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेका उद्धार र राहतका गतिविधिबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्।

लामिछानेले आजै प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी सरकारले बाढी प्रभावित क्षेत्रमा गरिरहेको उद्धार, राहत तथा व्यवस्थापनका कामबारे जानकारी लिएका थिए। त्यसपछि उनले राष्ट्रपतिलाई भेटेर पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका हुन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको