१० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

काठमाडौँ । भोटेकोसी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।

नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले भदौ १९ गते बिहान सञ्जय साह र कविर महर्जनलाई सुरुङबाट सकुशल बाहिर निकालेको हो।

उद्धारपछि उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। दुवै जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको