दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१, भट्टारमा पहिरोले चौलानी नदी आधा थुनिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार माथिबाट पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको छ।
सम्भावित जोखिम र धनजनको क्षति न्यूनीकरणका लागि प्रशासनले चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

