काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारका नयाँ स्वरूप देखा परिरहेको भन्दै प्रविधिको सही प्रयोग र उच्च सजगतामार्फत यसको नियन्त्रण गर्नुपर्ने बताएका छन्।
मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा सन्देश जारी गर्दै उनले मानव बेचबिखन मानवसभ्यताकै कलङ्क भएको उल्लेख गरे। विश्वभर सङ्गठित अपराधका रूपमा फैलिरहेको यस समस्याको अन्त्यका लागि सरकारका सबै तह र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार सरकारले मानव बेचबिखन नियन्त्रणका लागि कानुनी तथा संस्थागत सुधार गरिरहेको जानकारी दिए।
उनका अनुसार मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ लाई ‘पालेर्मो प्रोटोकल’अनुकूल बनाउने गरी संशोधन विधेयक संसद्मा दर्ता गरिएको छ

