भोटेकोशी बाढी: १,३४१ शव भेटिए, ४,०४४ को अवस्था अज्ञात

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चार हजार ४४ जना अझै सम्पर्कविहीन छन्।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार फेला परेका शवमध्ये ३२५ महिला, ५२३ पुरुष र ४९३ वटा पहिचान हुन नसक्ने अवस्थामा छन्।

सम्पर्कविहीन हुनेमा स्वदेशी पुरुष दुई हजार ८६३ र महिला ५७५ जना छन्। त्यस्तै, विदेशी नागरिकतर्फ २६९ पुरुष र ३३२ महिला तथा अन्य पाँच जना सम्पर्कविहीन रहेको प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार अभियान जारी छ। हालसम्म फेला परेका शवमध्ये एक हजार ३७ वटालाई जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान र व्यवस्थापन भइरहेको छ।

प्रहरीका अनुसार बाढीपछि नौ हजार १५१ जना घाइतेको उद्धार गरिएको छ। तीमध्ये तीन हजार ९८ जनालाई होल्डिङ सेन्टरमा सुरक्षित राखिएको छ।

शवको पहिचानका लागि मृतक र उनीहरूका आफन्त गरी दुई हजार ४७२ जनाको डिएनए नमुना संकलन गरिएको छ। बेपत्ताको खोजी र शवको सनाखतलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको