काठमाडौँ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रभावित हुन नदिन नेपाल आयल निगमले वैकल्पिक मार्गबाट ढुवानीलाई निरन्तरता दिएको छ।
निगमका अनुसार भदौ १८ देखि २० गतेसम्म विभिन्न १८ कम्पनीमार्फत ८७ हजार ८७७ वटा ग्यास सिलिण्डर काठमाडौं ल्याइएको हो।
बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगमा रिफिल गरिएका सिलिण्डर वैकल्पिक सडकबाट उपत्यकामा ल्याइएको निगमले जनाएको छ।
आपूर्ति सहज बनाउन सार्वजनिक बिदाका दिनसमेत ग्यास रिफिलिङ तथा ढुवानी नियमित गर्न उद्योगहरूलाई निर्देशन दिइएको छ।

