भोटेकोशी बाढी अपडेट : २४४ शव शिक्षण अस्पतालमा, २४ परिवारलाई बुझाइयो

काठमाडौँ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि मृत्यु भएकामध्ये २४४ जनाको शव त्रिभुवन शिक्षण अस्पतालमा ल्याइएको छ।

अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीले दिएको जानकारीअनुसार ल्याइएका शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ।

यस्तै, पहिचान खुलेका २४ शव परिवार तथा आफन्तलाई बुझाइसकिएको छ। हाल ५९ शव अस्पतालमा रहेका छन्।

केही शवको पोस्टमार्टम प्रक्रिया बाँकी रहेकाले सो प्रक्रिया पूरा भएपछि ती शवको समेत व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको