देउता खोलामा जिप खस्यो, चालकसहित दुईको मृत्यु, ९ घाइते

रुकुम । रुकुम पश्चिमको सानीभेरी–६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। कोटगाउँबाट खलङ्गातर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार जिप चालक र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा चार जना गम्भीर र पाँच जना मध्यम घाइते भएका छन्।

घाइतेको उद्धारका लागि गाउँपालिकाले खर्च बेहोर्ने गरी नेपाली सेनाको हेलिकप्टर माग गरिएको गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले बताए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको