काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा निस्किएका छन्। २८ भदौदेखि ३ असोजसम्म हुने भ्रमणका क्रममा उनले बेइजिङमा आयोजित १३औँ बेइजिङ सियाङसान फोरममा सहभागिता जनाउनेछन्।
चीन प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले प्रधानसेनापति सिग्देललाई बिदाइ गरेका थिए। भ्रमणबारे नेपाली सेनाको जंगी अड्डाले जानकारी दिएको हो।

