पशुपतिमा तीजको भीड, ९ हजारभन्दा बढीले गरे दर्शन

काठमाडौँ । हरितालिका तीजका दिन पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ।

दर्शनार्थीलाई सहज बनाउन बिहान ३:१५ बजेदेखि चारवटै ढोका खुला गरिएको छ। बिहान ७ बजेसम्म ९ हजारभन्दा बढीले दर्शन गरिसकेका छन् भने करिब ३ हजार दर्शनार्थी लाइनमा रहेको प्रहरीले जनाएको छ। मन्दिर र आसपासको सुरक्षाका लागि १,२५० प्रहरी परिचालन गरी सिसिटिभी, ड्रोन तथा सादा पोसाकका प्रहरीमार्फत निगरानी भइरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको