गगन थापाको तीज शुभकामना : चाडपर्वले सामाजिक सद्भाव बलियो बनाउँछ

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरितालिका तीज नेपाली महिलाको सांस्कृतिक पहिचानसँग जोडिएको पर्व भएको बताएका छन्।

उनले तीजको शुभकामना सन्देशमार्फत चाडपर्व उत्सव मनाउने अवसर मात्र नभई सामाजिक सम्बन्ध, पारिवारिक आत्मीयता र सांस्कृतिक परम्परालाई पुस्तौँसम्म जोड्ने माध्यम भएको बताएका हुन्।

विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भाव कायम गर्न चाडपर्वको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै थापाले सबै नेपाली दिदीबहिनीलाई सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिको शुभकामना दिएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको