त्रिपुरेश्वर बस आगलागीबारे छानबिन समिति गठन

काठमाडौं । त्रिपुरेश्वरमा भएको बस आगलागी घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको छ।

समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापा क्षेत्री, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाह, जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकी र प्रहरी निरीक्षक कृष्ण श्रेष्ठ रहेका छन्।

समितिलाई घटनाको यथाशीघ्र छानबिन गरी दोषी देखिए कारबाहीका लागि सिफारिस गर्न जिम्मेवारी दिइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको