सडक दुर्घटना न्यूनीकरणमा चालक, ट्राफिक प्रहरी र नागरिकको भूमिका महत्वपूर्ण

काठमाडौं / काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना न्यूनीकरणका लागि सवारी चालक, ट्राफिक प्रहरी र आम नागरिकको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘सुरक्षित समाज, सुदृढ समाजः डेटामा आधारित सुशासनको अनुभव आदानप्रदान’ विषयक छलफलमा राठौरले चालकको लापरवाहीले स्वयं चालकसँगै परिवार तथा अन्य सडक प्रयोगकर्ताको जीवनमा समेत गम्भीर असर पार्ने भएकाले जिम्मेवार भएर सवारी सञ्चालन गर्न आग्रह गरे।

सडक सुरक्षाविज्ञ वेङ्कटेश वालासूत्रपणीयनले चालक सचेत र जिम्मेवार भए सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताए। कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको