राज्यका संवेदनशील अंग विवादमा तानिनु विडम्बनापूर्ण : डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालत, प्रहरी र सेनालगायत राज्यका संवेदनशील अंगहरू नै आचरण तथा नैतिकतासम्बन्धी विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्रमा जन्म, पद, पहुँच, धन वा शक्तिका आधारमा कोही पनि कानुनभन्दा माथि हुन नसक्ने उल्लेख गरेका छन्। सत्ताको नेतृत्वमा रहेकाहरूले समेत विधिको पालना गर्नुपर्नेमा उनले जोड दिएका छन्।

सुशासन र समृद्धि हासिल गर्न राज्यका विभिन्न अंगमा रहेका विकृति तथा विसंगति हटाउन आवश्यक रहेको उनको भनाइ छ। राज्यका निकायलाई स्वच्छ र जवाफदेही नबनाई सुशासन स्थापना गर्न नसकिने उनले बताएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको