जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म रामायण सर्किटअन्तर्गत विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिएका छन्।
प्रधानमन्त्री शाह आगामी मंसिर ६ गतेदेखि भारत भ्रमणमा जाने तयारीमा छन्। भ्रमणकै क्रममा रेल सेवा उद्घाटन गर्ने लक्ष्यसहित नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीहरूबीच विभिन्न चरणमा छलफल भइरहेको पराजुलीले बताएका छन्।
यद्यपि, रेल सेवा उद्घाटनको मिति भने औपचारिक रूपमा तय भइसकेको छैन।

